काठमाडौँ । यो वर्ष पनि सरकारले लक्ष्य अनुसार रासायनिक मल खरिद गरी ल्याउन सकेन ।
चालु आर्थिक वर्ष २०८१र÷८२ मा पाँच लाख ५० हजार मेट्रिक टन मल खरिद गर्नका लागि टेन्डर आवह्वान गरेपनि साउनदेखि असार तेस्रो सातासम्म तीन लाख ८० हजार ४९४ मेट्रिक टन मल आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

माग अनुसार मलको आयात नहुुदा धान रोप्ने बेला मल नपाएर किसानले अभाव खेप्नुुपरेको छ । यस अवधिमा कृषि सामग्री कम्पनी लिमिटेडले तीन लाख १० हजार ११० मेट्रिक टन र साल्टटे«डिङ कर्पोरेसनले ७० हजार ३८३ मेट्रिक टन मल आयात गरेका छन् ।

ADVERTISEMENT

दुवै कम्पनीसँग हाल ९४ हजार ७१७ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ६७ हजार ५८३ मेट्रिक टन युरिया, १९ हजार २१४ मेट्रिक टन डिएपी र सात हजार ९१९ मेट्रिक टन पोटास मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

धान सिजनका लागि ९जेठ–असोज० सम्म एक लाख ६० हजार युरिया, ९० हजार डिएपी, १० हजार मेट्रिक टन पोटास गरेर साढे दुई लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । बर्सेनि बालीमा धान, तरकारी र उखुमा रासायनिक मलको प्रयोग गरिन्छ । चालु आवमा रासायनिक मल खरिद गर्नका लागि २७ अर्ब ९५ करोड रुपियाँ विनियोजन गरिएको थियो ।

ADVERTISEMENT

तीन हजार मेट्रिक टन युरिया स्रोत मुलुकबाट ढुवानी भई कोलकाता आइसकेकाले नेपाल आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । यस्तै थप २२ हजार मेट्रिक टन युरिया स्रोत मुलुकबाट कोलकाता आउने क्रममा रहेको र ३० हजार मेट्रिक टन डिएपी कोलकाता आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

मलका लागि बर्सेनि ठुलो रकम छुट्याए पनि माग अनुसार मल आयात नहुँदा धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेको छ । धानको सिजन भए पनि मलको आपूर्ति कम हुँदा विभिन्न जिल्लाका किसानले मल पाउन नसकेको गुनासो गरेका छन् ।