काठमाडौं । काठमाडौंको काँडाघारीस्थित एक फर्निचर उद्योगमा मंगलबार  आगलागी भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–९, काँडाघारीस्थित कुमार फर्निचर हाउसमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

कुमार श्रेष्ठले सञ्चालन गरेको उक्त फर्निचरमा आगलागीबाट करिब ६ लाख रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ ।

काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाको दमकलका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।