काठमाडौँ ।   पुनर्निर्माणपछि खुला गरिएको धरहरा अब दैनिक दुई चरण मा खुला गरिने भएको छ । साउन १ गतेदेखि दुई चरणमा सञ्चालन हुने तयारी भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ ।

धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।

ADVERTISEMENT

सहरी विकास मन्त्रालयका अनुसार सार्वजनिक बिदाका दिनसमेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको छ। धरहरा अवलोकनका लागि दिनहुँ मानिसको आकर्षण बढ्दै गएको हुनाले हप्ताको सातै दिन दुई चरणमा सञ्चालन तयारी भइरहेको हो । ।

ADVERTISEMENT