काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ पाँच पैसा र बिक्रीदर १०० रुपैयाँ ४७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८९ रुपैयाँ सात पैसा कायम गरिएको छ ।





