काठमाडौँ । काठमाडौँका विभिन्न पाँच क्षेत्रहरूमा दुई महिनासम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यलय काठमाडौँले शुुक्रबार सुुचना निकायले निश्चित स्थानमा विरोधका कार्यक्रम गर्न नपाइने जनाएको छ ।

ADVERTISEMENT

विरोधका कार्यकमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति हुनसक्ने भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३क बमोजिम शीतल निवास लगायत क्षेत्रहरुमा कात्तिक १ गतेदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले आदेश जारी गरेका हुन् ।

ADVERTISEMENT

 

ADVERTISEMENT