काठमाडौं । एमाले महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव भएको छ ।

बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् । केन्द्रीय कमिटी बैठकले यसलाई अनुमोदन गरेपछि मात्रै औपचारिकता पाउने छ।

ADVERTISEMENT

बुधबार एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक तथा समसायिक विषय समेटिएको प्रतिवेदन पेश गर्दै ओलीले महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव अघि सारेका हुन् । तीन दिनसम्म चल्ने दशौँ केन्द्रीय कमिटीको बैठकमा उक्त प्रस्ताव पेस भएपछि अब त्यसमा छलफल गरेर निर्णय गरिनेछ ।

ओलीले पार्टी नेतृत्वबाट राजीनामा माग गर्नेहरुलाई बहुमत सख्या पु¥याउन खुल्ला चुनौती पनि दिएका छन् । केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले आफू विधि र वैधानिक प्रक्रिया मान्न तयार रहेको भन्दै बहुमत जुटाउन चुनौती दिएका हुन् ।

ADVERTISEMENT

केन्द्रीय सचिवालय बैठकमा केही नेताहरुले सरकारको नेतृत्वमा रहेका कारण जेनजी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी लिएर पार्टी अध्यक्षबाट राजीनामा दिन ओलीलाई सुझाव दिएका थिए । केन्द्रीय कमिटी बैठकमा पनि त्यस्तो सुझाव आउनसक्नेतर्फ संकेत गर्दै राजीनामा माग्ने नेताहरुलाई उनले खुल्ला चुनौती दिएका छन् ।

‘घर जले पनि, मारिने अबस्था सिर्जना हुँदा पनि केपी ओलीले अँध्यारो मुख लगाउन जानेको छैन । केपी ओली हट्नुपर्छ भनेका बेला एकदम खुसीसाथ फेरि पनि कमरेडहरुको आदेशमा हट्न तयार छ । यो आदेश दिने ठाउँ हो, यसको आदेशमा गर्न सक्छु । तर कमिटीमा बसेका कोही पनि सदस्यले कमिटी बाहिर गएर, अखबारवाजी गरेर, लोकप्रियतावादका पछि कुदेर के लोकप्रियतावाद हुन्छ,’ ओलीले भने, ‘कतिपय साथीहरुले मलाई भन्नुहुन्छ, तपाईंलाई बोकेर जानै सकिँदैन । किन बोक्नुप¥यो ? म आफैं हिँड्छु । हिँड्न नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु । बोक्नुपर्दैन । प्रश्न के हो, केन्द्रीय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ । व्यक्तिगत इच्छा पूरा गर्न म हिँडेको होइन । यो देशको इच्छा पूरा गर्ने अगुवाइ यो पार्टीले गर्छ, पार्टीले जे भन्छ, त्यही हुन्छ । हट्ने पनि विधि र प्रक्रिया हुन्छ ।’