काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७९ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।






