काठमाडौं । माओवादी केन्द्रीय समितिको सातौ पूर्ण बैठक कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको छ । पछिल्लो राजनीतिक अवस्था र पार्टीको विशेष महाधिवेशनको विषयमा छलफल गर्न माओवादी केन्द्रीय समितिको बैठक बसेको हो ।

पहिलो दिनको बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्ना धारणा राख्न दिने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदनमा समूह बनाएर छलफल गरिने भएको छ । प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने गरी मौजुदा केन्द्रीय कार्यसमिति भंग गर्ने प्रस्ताव गरेका छन् । जसलाई केन्द्रीय समितिले अनुमोदन गरेमा लागू हुनेछ ।

ADVERTISEMENT

माओवादी स्थायी समितिको बुधबारको बैठकमा केन्द्रीय समिति विघटन गरी प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने विषयमा छलफल भएको थियो । पार्टीमा नेतृत्व हस्तान्तरणको विषय व्यापक उठेपछि माओवादी विशेष महाधिवेशनमा जान लागेको हो ।

ADVERTISEMENT