काठमाडौं । वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् ।

निरन्तर आएको वर्षाको कारण पहिलो जाँदा विहिबार बिहान सम्म देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने चारवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् ।

प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध भएको छ ।

ADVERTISEMENT

बाढीले रसुवाको गोसाइकुन्ड गाउँपालिका २ स्थित नेपाल र चीन नाका जोड्ने पुल बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक सडक पूर्णरुपमै बन्द छ ।

ADVERTISEMENT

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका ४ काँडाबगरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

ADVERTISEMENT