काठमाडौं । नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार मलेसियामा भएको फाइनलमा सिंगापुरलाई हराउँदै नेपालले उपाधि रक्षा गरेको हो।

फाइनल भिडन्त शनिबार बिहान ७ः४५ बजे मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा खेलिएको थियो । नेपाल प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो ।

ADVERTISEMENT

सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा सबै विकेटगुमाउँदैए ११४ रनको लक्ष्य प्रस्तुत गर्यो ।

ADVERTISEMENT

विपिन शर्माको कप्तानीमा रहेको नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा जित निकालेको हो । नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले ।

सिवन्स बजगाईले २० रन बनाए । यस अघि सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए । अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । सुशिलबहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन शर्माले १ विकेट लिएका थिए ।