काठमाडौं । पेय पदार्थ ब्रान्ड क्याम्पाले नेपाली अभिनेत्री आँचल शर्मालाई नेपालका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको क्याम्पाले शर्मासँगको सहकार्यबाट युवा उपभोक्तामाझ आफ्नो पहुँच बढाउने लक्ष्य लिएको छ।

ADVERTISEMENT

नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रमा लोकप्रिय शर्मासँगको सहकार्यले उपभोक्तासँगको सम्बन्ध थप सुदृढ बनाउने कम्पनीको अपेक्षा छ। शर्माको लोकप्रियता र डिजिटल क्षेत्रमा उनको उपस्थितिले ब्रान्डको प्रवर्द्धनमा सहयोग पुग्ने कम्पनीले विश्वास गरेको छ।

ADVERTISEMENT

ब्रान्ड एम्बासडर नियुक्त भएपछि अभिनेत्री शर्माले क्याम्पासँग आबद्ध हुन पाउँदा उत्साहित र गौरवान्वित भएको बताएकी छन्।

ADVERTISEMENT

“क्याम्पा परिवारको हिस्सा बन्न पाउँदा म निकै उत्साहित र गर्व महसुस गरिरहेकी छु। क्याम्पाको युवा, साहसी र ऊर्जाशील व्यक्तित्वसँग म स्वाभाविक रूपमा आफूलाई जोडिएको महसुस गर्छु। ब्रान्डको यही ऊर्जा र भावनालाई प्रतिनिधित्व गर्न पाउँदा म उत्साहित छु,” उनले भनिन्।