भक्तपुर । भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ।
कम्पनीले ग्राहकको बढ्दो रुचि र सहजतालाई ध्यानमा राख्दै देशभर शोरुम विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ शोरुमबाट ग्राहकले कम्पनीका अन्य शोरुमसरह बिक्री तथा सेवाका सुविधा पाउनेछन्।
शोरुममा कम्पनीले हालै नेपालमा सार्वजनिक गरेको १७५ सीसीको अप्रिलिया एसआर १७५ समेत बिक्रीका लागि उपलब्ध छ। पावर, स्टाइल र पर्फर्मेन्समा केन्द्रित यो स्कुटरसँगै भेस्पाका नयाँ लाइल्याक र गोल्डेन ओरो कलरसहित भेस्पा तथा अप्रिलियाका सम्पूर्ण मोडल शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
नयाँ शोरुमबाट स्कुटर खरिद गर्ने ग्राहकका लागि कम्पनीले दशैं लक्षित अफरसमेत सार्वजनिक गरेको छ। अफरअन्तर्गत हरेक खरिदमा स्क्र्याचमार्फत १ लाख रुपैयाँसम्म नगद र पक्का उपहारका रूपमा Honor X5 Play स्मार्टवाच प्राप्त गर्न सकिनेछ।
त्यस्तै, एक्सचेन्जमा २५ हजार रुपैयाँसम्म क्यासब्याक तथा नागरिकताको आधारमा शून्य प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले भक्तपुरमा शोरुम विस्तार हुनु कम्पनीका लागि महत्वपूर्ण अवसर भएको बताए। उनले भक्तपुरको कला, संस्कृति र हस्तकलाको समृद्ध विरासतसँग भेस्पा तथा अप्रिलियाको इटालियन डिजाइन र पहिचानलाई जोड्न पाउँदा आफूहरू उत्साहित रहेको बताए।
त्यस्तै, निर्देशक केतन भिमसारियाले भक्तपुरको सम्पदा र संस्कृतिसँग भेस्पा तथा अप्रिलियाको इटालियन पहिचान जोड्दै स्थानीय ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने उद्देश्य रहेको बताए।
नयाँ शोरुम सञ्चालनमा आएपछि भक्तपुर तथा आसपासका ग्राहकलाई भेस्पा र अप्रिलियाका स्कुटर खरिद तथा सेवामा थप सहजता हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।







