काठमाडौँ। दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्व नजिकिँदै गएसँगै यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गर्न पूर्वाधार विकास समितिको बैठक बस्ने भएको छ।

समितिको बैठक आगामी सोमबार बिहान ९ः३० बजे सिंहदरबारस्थित पूर्वाधार विकास समितिको बैठक कक्षमा बस्ने तय भएको छ।

ADVERTISEMENT

बैठकमा विशेषगरी चाडपर्वका समयमा हुने यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ।

ADVERTISEMENT

चाडपर्वको समयमा ठूलो संख्यामा मानिस राजधानीबाट आ–आफ्नो गृहजिल्ला जाने तथा चाडपर्वपछि पुनः राजधानी फर्किने भएकाले सडक तथा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने गर्छ। सोही अवस्थालाई मध्यनजर गर्दै यात्रुलाई सुरक्षित र सहज यात्रा गराउने उपायबारे समितिमा छलफल हुने भएको हो।

बैठकमा समितिका सम्पूर्ण सदस्यसहित सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

ADVERTISEMENT