न्युयोर्क । नेपाल र काजकिस्तानबिच कूटनीतिक तथा सरकारी सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र काजकिस्तानका परराष्ट्रमन्त्री मुख्तार त्लिउबर्दीले आ–आफ्ना सरकारका तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

ADVERTISEMENT

सम्झौताअनुसार दुवै देशका कूटनीतिक तथा सरकारीरसेवा राहदानीवाहकलाई सम्बन्धित देशको भ्रमणका क्रममा भिसा आवश्यकताबाट छुट दिने व्यवस्था गरिएको छ। सम्झौताले नेपाल र काजकिस्तानबिच आवागमन सहज बनाउँदै द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

सम्झौतामा हस्ताक्षर गर्नुअघि परराष्ट्रमन्त्री खनाल र काजकिस्तानका परराष्ट्रमन्त्री त्लिउबर्दीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटवार्तामा दुवै मन्त्रीहरूले आपसी हितका महत्त्वपूर्ण विषयमा विचार आदानप्रदान गर्नुका साथै नेपाल(काजकिस्तानबिच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा मैत्रीपूर्ण तथा सहकार्यात्मक छलफल गरेका थिए ।