काठमाडौं । दर्शकको साथ पाइरहेको फिल्म ‘झिंगे दाउ-२’ ले नयाँ गीत सार्वजनिक गरेको छ।
फिल्म रिलिजको भएको एक सातापछि नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक भएको हो। यो फिल्म असोज २ गते रिजिल भएको हो। कुशल बेलबासेको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ। गीतमा आमा घरमा नहुँदाको पीडा प्रस्तुत गरिएको छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन्।
विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायतको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ।








