काठमाडौं । चलचित्र ‘आ बाट आमा–२’ को टिजर सार्वजनिक भएको छ । टिजरमा प्रेम र पारिवारिक संवेदना समेटिएको छ । आमा र छोराको सम्बन्ध टिजरमा देख्न सकिन्छ ।

असोज ३० गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउन लागेको चलचित्रको टिजरले आमा छोराबीचको कथालाई प्रस्तुत गरेको छ । टिजरमा सिनेमा तीन मुख्य पात्र मात्रै छन् । पल शाह, विपना थापा र मलिका महत ।

ADVERTISEMENT

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको चलचित्रका लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् । संवाद लेखन रोशन भट्टले गरेका छन् ।

ADVERTISEMENT

नवराज उप्रेतीको छायांकन रहेको चलचित्र साहिल खान र मिलन श्रेष्ठको सम्पादन गरेका छन् ।

ADVERTISEMENT