काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले दशैंको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ।
कम्पनीले ‘दशैंको दक्षिणा’ नामक योजना ल्याउँदै स्कुटर खरिद गर्ने ग्राहकलाई विभिन्न आकर्षक लाभ दिने जनाएको छ। योजनाअन्तर्गत भेस्पा वा अप्रिलियाको स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले Honor X5 Play स्मार्टवाच प्राप्त गर्नेछन्।
यस्तै, नगदमा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद लाभ पाउनेछन्। पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्ने ग्राहकका लागि २५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बेनिफिट उपलब्ध हुनेछ।
फाइनान्समार्फत स्कुटर खरिद गर्ने ग्राहकले भने ० प्रतिशत सर्भिस चार्ज को सुविधा पाउने कम्पनीले जनाएको छ। डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले दशैंमा दक्षिणा दिने परम्परालाई ग्राहकसँगको सम्बन्धसँग जोड्दै योजना ल्याइएको बताए।
ग्राहकले नगद, एक्सचेन्ज वा फाइनान्समध्ये आफ्नो आवश्यकता र सुविधाअनुसार विकल्प छनोट गर्न सक्ने उनको भनाइ छ। ‘दशैंको दक्षिणा’ योजनामा भेस्पा तथा अप्रिलियाका विभिन्न मोडल समावेश छन्।
यो योजना दशैंको अवसरमा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। ग्राहकले उपलब्ध मोडल, योजना तथा लागू हुने लाभबारे डेल्टा अटोकर्पको आधिकारिक डिलर नेटवर्कमार्फत जानकारी लिन सक्नेछन्।






