काठमाडौं ।  नारायण रायमाझीको निर्देशन र निर्माणमा ‘बसन्ती’ बन्ने भएको छ। शुक्रबार आज बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको हो ।

यसअघि २०५७ सालमा नीर शाहले यही नाममा सिनेमा निर्देशन गरेका थिए। उक्त सिनेमा उपन्यासकार डायमण्ड समशेर राणाको उपन्यास‘बसन्ती’ मा आधारित थियो।

ADVERTISEMENT

उक्त सिनेमा प्रदर्शनको २६ वर्षपछि सोही नाममा नारायण रायमाझीले नयाँ सिनेमा निर्माण गर्न लागेका हुन्। यस फिल्ममा लोकगायक तथा संगीतकार खेम सेन्चुरी र मोडल टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन् ।

ADVERTISEMENT

यसै फिल्मबाट खेमले सिनेक्षेत्रमा डेब्यु गर्न लागेका हुन्। निर्देशक रायमाझीको यो चौथो निर्देशकीय सिनेमा हो। यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए। यी सवै सिनेमा बक्सअफिसमा सुपरहिट भएका थिए।

असोज ३ गते भोलि शनिबारदेखि सिनेमाको काठमाडौं सेड्युलको छायांकन सुरु गरिने निर्देशक रायमाझीले बताए। सिनेमा काठमाडौं, पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ।

ADVERTISEMENT

रिमा फिल्मस् प्रा।लि।को प्रस्तुतिमा निर्माण हुने सिनेमाले कस्तो कथा प्रस्तुत गर्नेछ भन्ने विषय निर्माण पक्षले गोप्य राखेको छ।

यस फिल्ममा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल, हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।

निर्देशक रायमाझीले नै लगानी गर्ने सिनेमाको कथा रमेश बिजिले लेखेका हुन्।

सिनेमाको गीतमा रमेश बिजि, लालगोपाल सुवेदी, बिबि अनुरागी र नारायण रायमाझीको शब्द रहनेछ। संगीतकारमा बिबि अनुरागी र नारायण रायमाझी रहने छन्। सिनेमा छायांकन शिव ढकालले गर्नेछन्।