काठमाडौं । गोरखामा दुई बस आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

गण्डकी गाउँपालिका–४ स्थित गैरीचौतारामा शनिबार भच्चेकबाट काठमाडौं आउँदै गरेको ग २ ख ९८३ नम्बरको बस र काठमाडौंंबाट गोरखातर्फ जाँदै गरेको ग २ ख ८००६ नम्बरको बस ठोक्किएका हुन्।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनिलकुमार खड्काका अनुसार दुर्घटनामा घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर छ।

ADVERTISEMENT

घाइतेमध्ये तीन जनाको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते १० वर्षीय बालकलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको एसपी खड्काले बताए।

दुर्घटनाको थप विवरण तथा घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

ADVERTISEMENT