सरकारले जुनसुकै कम्पनीको ग्यासको सिलिन्डर साट्न पाइने व्यवस्था लागू गरेको छ । हालैको बाढीपछि काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यास आपूर्ति समस्या समाधान गर्न सरकारले अस्थायी रूपमा जुनसुकै कम्पनीको खाली सिलिन्डर साटेर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सकिने व्यवस्था लागू गरेको हो ।
नेपाल आयल निगम र ग्यास उद्योगका प्रतिनिधिसँग छलफल गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले उक्त निर्णय गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएकाले तत्कालका लागि यो व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।
यो निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न मन्त्रालयले नेपाल आयल निगम र ग्यास उद्योगहरूलाई निर्देशन दिइसकेको छ ।
संकटको अवस्था दुरुपयोग गर्दै कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई सास्ती दिने वा सरकारी निर्देशन अवज्ञा गर्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।

ADVERTISEMENT