दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिका-१ स्थित भट्टारमा पहिरो जाँदा चमेलिया नदी आधा थुनिएको छ।

शुक्रबार गएको पहिरोले चमेलिया नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ। अझै पनि पहिरो जाने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन्।

ADVERTISEMENT

पहिरो जाने क्रम जारी रहेकाले पूरै थुनिन सक्ने प्रजिअ पौडेलको भनाइ छ। जसका कारण तल्लो तटीय क्षेत्रमा जोखिमबाट बच्न सतर्कता अपाउन आग्रह गरिएको छ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गरी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

‘अपिहिमाल गाउँपालिका-१ भट्टारस्थित चौलानी (चमेलिया) नदीमाथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट बच्न र धनजनको क्षति न्यूनीकरण गर्न उक्त नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरू, सम्बन्धित निकायहरूमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ।

ADVERTISEMENT
May be an image of text