काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालका अनुसार मंगलबारको मन्त्रिस्तरीय निर्णयबाट शर्मालाई नयाँ अध्यक्ष नियुक्त नभएसम्म बोर्डको कामकाज हेर्ने जिम्मेवारी दिइएको हो। शर्माले बुधबारदेखि कार्यभार सम्हालेका छन्।
पौड्यालका अनुसार बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया चाँडै सुरु गरिनेछ। खुला प्रतिस्पर्धामार्फत नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ।
यसअघि अध्यक्ष रहेका दिनेश डीसीको कार्यकाल ११ भदौमा सकिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त थियो।





