काठमाडौं। नेपालि कांग्रेसले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्न एक महिने ‘जरा अभियान’ तथा क्रियाशील अध्यावधिक कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ।

अभियानको शुभारम्भ पार्टी सभापति गगन कुमार थापाले मंगलबार काठमाडौं महानगरपालिका–३० मा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्दै गरेका हुन्।

ADVERTISEMENT

पार्टीले संगठन सुदृढीकरण, सदस्यता प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको जनाएको छ। एक महिनासम्म चल्ने यस अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गरिनेछ।

नेपाली कांग्रेसले यस अभियानलाई आगामी राजनीतिक गतिविधि र संगठनात्मक पुनर्संरचनाका बलियो बनाउने जनाएको छ  र  पार्टी नेतृत्वले सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउँदै संगठनलाई अझ सक्रिय बनाउने लक्ष्य राखेको छ।

ADVERTISEMENT