काठमाडौं । रसुवागढी–केरुङ सीमाक्षेत्रमा आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई पूर्वसूचना नदिएको र त्यसका कारण नेपालतर्फ ठूलो मानवीय क्षति भएको भन्ने दाबी गलत भएको चिनियाँ पक्षले जनाएको छ।

चिनियाँ पक्षले जारी गरेको सूचनामा अगस्ट २६ को बिहान नेपालतर्फ भूकम्प वा भूकम्पजस्तो हिमनदी भत्किने घटनाबाट ठूलो पहिरो गएको बताउदै त्यसबाट आएको ठूलो माटो तथा गेगरको बहावले केरुङ्ग ,रसुवागढी सीमाक्षेत्रको नेपाल र चीन दुवैतर्फ मानवीय क्षति हुने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।

चिनियाँ पक्षका अनुसार चीनतर्फको भूगर्भीय विपद्का कारण बनेको बाँध भत्किँदा नेपालतर्फ ठूलो क्षति भएको भन्ने बयान समेत भ्रामक भएको आफ्नो सूचनामा उल्लेख गरेको छ।

ADVERTISEMENT

चीनले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको ‘चीनले पूर्वसूचना नदिएको’ भन्ने आरोपलाई अस्वीकार गर्दै विपद्को समयमा आरोप–प्रत्यारोपभन्दा उद्धार र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएको छ।

ADVERTISEMENT

चिनियाँ पक्षले आफ्नो सन्देशमा ‘आरोपले केही सहयोग गर्दैन, सहकार्यले जीवन बचाउँछ’ भन्ने धारणा अघि सारेको छ।

ADVERTISEMENT