काठमाडौं । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा रिता तामाङले ‘मिसेस नेपाल’को उपाधि जितेकी छन्।

तामाङले मुख्य उपाधिसँगै मिसेस फोटोजेनिक, मिसेस ट्यालेन्ट र मिसेस बेस्ट वाकको उपाधिसमेत हात पारिन्। पेसाले ब्युटिसियन रहेकी तामाङले काठमाडौंमा आफ्नै ब्युटीपार्लर सञ्चालन गर्दै आएकी छन्।

ADVERTISEMENT

सौन्दर्य क्षेत्रमा सक्रिय तामाङले प्रतियोगिताको मञ्चमा आफ्नो व्यावसायिक अनुभव, प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्दै चारवटा विधामा सफलता हासिल गरेकी हुन्।

ADVERTISEMENT

उपाधि जितेपछि तामाङले आफू अत्यन्तै खुसी, गौरवान्वित र भावुक भएको प्रतिक्रिया दिइन्। ‘मिसेस नेपाल’को उपाधिले आफूलाई थप जिम्मेवारी र राम्रो काम गर्ने प्रेरणा दिएको उनले बताइन्।

प्रतियोगितामा मन्दिरा आचार्य फर्स्ट रनरअप, गीता बुढाथोकी सेकेन्ड रनरअप, सिर्जना घिमिरे थर्ड रनरअप र रिता कटुवाल फोर्थ रनरअप घोषित भए। भ्युअर च्वाइस अवार्ड भने सिर्जना घिमिरेले जितिन्।

त्यस्तै, प्रतियोगिताको ‘मिस नेपाल’तर्फ समीक्षा शर्मा विजेता बनिन्। ताराकुमारी दुलाल फर्स्ट रनरअप, निशा राजबहक सेकेन्ड रनरअप र सञ्जिना चौधरी थर्ड रनरअप घोषित भए।

राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ नायिका तृप्ती नाडकर तथा वरिष्ठ गायक आनन्द कार्कीको समेत उपस्थिति थियो। प्रतियोगिता दक्ष इन्टरनेसनल प्रालिले आयोजना गरेको हो।