काठमाडौं । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेहरुमा तीव्रगति सवारी साधन चलाउने ३४ जना, मादक पदार्थ खाएर सवारी साधन चलाउने ५८ जना, रातो बत्तीको उल्लंघन गर्ने २७ जना,  गलत ठाउँमा पार्किङ गर्ने ४८ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने १४, अनावश्यक हर्न बजाउने १३ जना र जथाभावि यात्रु चढाउने र ओराल्ने ८ जना पक्राउ परेका हुन् ।

ADVERTISEMENT

यस्तै काठमाडौं उपत्यकामा आइतबार ३१ जनाले सचेतना कक्षा लिएको छन् । काठमाडौंमा १८ ललितपुरमा ६ जना भक्तपुर ७ जना सहभागी भएका हुन् । ट्राफिक नियम उल्लंघन गरे सचेतना कक्षा लिने व्यवस्था गरिएको छ ।

ADVERTISEMENT