धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार साँझ बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाहले राजीनामाको घोषणा गरेका हुन्।

प्रदेशसभामा सम्बोधन गरेपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि उनले राजीनामा दिएका हुन्।

ADVERTISEMENT

गत असार ३१ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा बिहीबार पूरा भएको हो।

ADVERTISEMENT

प्रदेशसभालाई सम्बोधन गर्दै शाहले आफूले पाएको जिम्मेवारीअनुसार प्रदेश सरकार सञ्चालनका क्रममा काम गरेको बताए। उनले आफ्नो कार्यकालमा भएका कामबारे प्रदेशसभामा धारणा राख्दै सरकार सञ्चालनका क्रममा देखिएका चुनौतीबारे समेत उल्लेख गरे।

मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। नयाँ सरकार गठनका लागि नेकपा र नेकपा एमालेबीच सहमति भइसकेको बताइएको छ।

ADVERTISEMENT

सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ।