काठमाडाैं ।  हिमालय मोट्रोक्स प्रालिले नयाँ विद्युतीय पिकअप म्याक्सस इटेराेन ९ कम्फाेर्ट सार्वजनिक गरेको छ। कम्पनीले यो मोडल पहिलो ५० जना ग्राहकका लागि परिचयात्मक मूल्य ८८ लाख रुपैयाँमा उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार इटेराेन ९ कम्फाेर्ट दैनिक प्रयोगदेखि लामो दूरीको यात्रा, अफ–रोड साहसिक यात्रा तथा व्यावसायिक प्रयोजनलाई लक्षित गरी विकास गरिएको प्रिमियम फोर-ह्वील ड्राइभ विद्युतीय पिकअप हो।

ADVERTISEMENT

यो पिकअपमा १०२.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ, जसले NEDC मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ५६० किलोमिटरसम्म यात्रा गर्नसक्ने कम्पनीको दाबी छ। साथै, ११५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट भएकाले ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ४२ मिनेटमै चार्ज गर्न सकिन्छ।

शक्तिशाली प्रदर्शन

ADVERTISEMENT

म्याक्सस इटेराेन ९ कम्फाेर्टमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुईवटा विद्युतीय मोटर रहेका छन्। यी मोटरबाट ७०० न्यूटन–मिटर टर्क उत्पादन हुने कम्पनीले जनाएको छ। गाडीले ० देखि १०० किमि प्रतिघण्टा गति ५.८ सेकेन्डमा लिन सक्ने तथा अधिकतम १९० किमि प्रतिघण्टा गति हासिल गर्न सक्ने बताइएको छ।

लोड बोक्ने क्षमतातर्फ यो पिकअपले १,०५० किलोग्राम पेलोड र ३,५०० किलोग्रामसम्म ब्रेक्ड टोइङ क्षमता प्रदान गर्छ। यसको कार्गो बेडको आकार १,५६१ × १,५०० × ५३५ मिमि रहेको छ।

अफ–रोड क्षमतामा जोड

गाडीमा अल टेरियन सिस्टम उपलब्ध छ, जसले विभिन्न सडक तथा अफ–रोड अवस्थाहरूमा सहज ड्राइभिङ अनुभव दिने कम्पनीको भनाइ छ। यसमा ५४५ मिमिसम्म पानी पार गर्ने क्षमता, २९ डिग्री अप्रोच एङ्गल र २५ डिग्री डिपार्चर एंगल रहेको छ।

म्याक्सस इटेराेन ९ कम्फाेर्टमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ।