काठमाडौं । नेपाली विवाहित महिलाका लागि मिसेस नेपाल वर्ल्ड– २०२६ को आवेदन खुलेको छ । आयोजक रिबन इन्टरटेन्मेन्ट प्रा।लि।ले बुधबार पत्रकार सम्मेलन गरेर आवेदन खुलाइएको जानकारी दिएको हो ।

पहिलो चरणको अडिसनअघि खल्ती एप वा रिबन इन्टरटेनमेन्टको वेबसाइटबाट आवेदन दिन सकिनेछ । पहिलो चरणको अडिसन साउन २३ गते काठमाडौँमा हुने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताए ।

ADVERTISEMENT

उनकाअनुसार अडिसनबाट छनोट भएकालाई व्यक्तित्व विकास, सञ्चार कला, सार्वजनिक प्रस्तुति, र्‍याम्प वाक, फिटनेस, सामाजिक उत्तरदायित्वलगायत विषयमा ४५ दिनसम्म प्रशिक्षण दिइने छ ।

ADVERTISEMENT

प्रतियोगिताको विजेताले आगामी वर्ष अमेरिकामा आयोजना हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्न पाउने उनले बताए । यसबाहेक मिसेस नेपाल इन्टरनेसनल २०२६, एमएस इन्टरनेसनल २०२६, मिसेस नेपाल कोस्मो २०२६ पनि प्रतियोगीबाटै चयन गरिने छ ।

प्रतियोगितामा सहभागी हुन कुनै उचाइ र तौल तोकिएको छैन । प्रतियोगिताको फाइनल कार्तिक १४ मा हुनेछ ।

ADVERTISEMENT