काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

ओलीले साइबर ब्युरोमा दर्ता गराएको उजुरीका आधारमा शनिबार चितवनबाट दुई जना पुरुषलाई पक्राउ गरिएको हो। साइबर ब्युरोले अन्य आरोपितहरूको खोजी भइरहेको जनाएको छ।

ADVERTISEMENT

सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गर्ने, निरन्तर गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप लगाउँदै शुक्रबार उजुरी दिएकी थिइन्। उजुरीपछि उनले आरोपितहरूको तस्बिर पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

ADVERTISEMENT

पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिँदै ओलीले असहमति, आलोचना वा फरक विचार लोकतान्त्रिक समाजमा स्वाभाविक भए पनि चरित्रहत्या, गालीगलौज, धम्की र घृणास्पद अभिव्यक्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताइन्।

कारबाही प्रक्रिया अघि बढाएकोमा उनले साइबर ब्युरो र नेपाल प्रहरीप्रति धन्यवाद व्यक्त गरेकी छन्। यसअघि पनि यस्तै प्रकृतिको उजुरीका आधारमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको थियो।