भक्तपुर । पछिल्लो तीन महिनामा यातायात व्यवस्था कार्यालय भक्तपुरले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ ।

यसबाट राज्यकोषमा १९ करोड ८२ लाख दाखिला भएको छ । यस अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।

ADVERTISEMENT

हाल दैनिक एक हजारदेखि एक हजार ८०० सेवाग्राहीलाई अनुमतिपत्र प्रदान हुँदै आएको छ ।