काठमाडौं । अम्मान एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली जुडो टोली सोमबार जोर्डनको राजधानी अम्मान प्रस्थान गरेको छ।

जुलाइ १६ देखि १९ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट पुरुष ६६ केजीमुनि विशेष विक र ६० केजीमुनि सविनकुमार दियालीले प्रतिस्पर्धा गर्नेछन्।

ADVERTISEMENT

टोलीका व्यवस्थापकमा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे तथा प्रशिक्षकमा कविराम घर्ती मगर रहेका छन्। नेपाल जुडो संघका अध्यक्ष एवं जेयुएका एजुकेसन डाइरेक्टर दीपकहर्ष वज्राचार्य पनि प्रतियोगिताका लागि अम्मान गएका छन्।

प्रतियोगितामा सहभागी हुने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले सोमबार आयोजित एक कार्यक्रमबीच बिदाइ गरिन्।

ADVERTISEMENT