काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले राजीनामा दिएका छन् ।

उनले सोमबार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । चापागाइँले व्यक्तिगत कारण राजीनामा दिएको बताए। उनी २०८१ चैत तेस्रो साता नेप्सेको सीइओमा नियुक्त भएका थिए। उनी १५ महिनामै नेप्सेबाट बाहिरिएका हुन्।

ADVERTISEMENT

सरकारले गत वैशाख तेस्रो साता अध्यादेश ल्याएर सार्वजनिक निकायका १५०० भन्दा बढीलाई पदमुक्त गर्दा चापागाइँ जोगिएका थिए। अब सरकारलाई नयाँ सिइओ नियुक्त गर्ने बाटाे खुलेकाे छ । केही समयअघि मात्रै सरकारले नेपाल धिताेपत्र बाेर्ड अध्यक्षमा गाेपालप्रसाद भट्टलाई नियुक्त गरेकाे थियाे ।

ADVERTISEMENT

झापाका चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गरेका छन् । यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित नभएपछि चापागाई नियुक्त भएका थिए ।