काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले ७.७ महाबचत बजार अभियान घोषणा गरेको छ । अभियानमार्फत ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा छुट तथा रोमाञ्चक उपहारहरू जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

७.७ महाबचत बजार सेल अभियान, असार २२ को राति ८ बजेदेखि आरम्भ हुनेछ । अभियान अवधिभर ग्राहकहरूले विभिन्न क्याटेगोरीका उत्पादनमा ७५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने दराज नेपालले जनाएको छ ।

साथै, निःशुल्क डेलिभरी र ५० लाख बराबरका भौचरहरूसमेत उपलब्ध हुने छ । बृहत् सेललाई यस सिजनकै सबैभन्दा ठूलो तथा लाभदायक किनमेल अभियानमध्ये एक बनाउने कम्पनीको दावी छ ।

ADVERTISEMENT

ग्राहकहरूले सेल अवधिभर दराजका लोकप्रिय साझेदार ब्रान्डहरूका तर्फबाट विशेष अफरहरू पनि प्राप्त गर्न सक्नेछन् । प्लाटिनम ब्राण्ड पार्टनर्सअन्तर्गत एमडब्ल्यूसी, मसलब्लेज, प्लम, हानासा तथा पिल्ग्रिमका तर्फबाट ५० प्रतिशतसम्म छुट प्रदान गरिने ब्यवस्था छ ।

ADVERTISEMENT

गोल्ड ब्राण्ड पार्टनर्स ब्राण्ड हाउस, सुजुकी, कोसआरएक्स तथा एंकरका तर्फबाट ६० प्रतिशतसम्म छुट र सिल्भर ब्राण्ड पार्टनर्स एम्परस्यान्ड, मारिको, पि सेफ, फ्यानटेक तथा र्‍होतोका छानिएका उत्पादनहरू ८० प्रतिशतसम्मको विशेष छुटमा उपलब्ध गरिने ब्यवस्था गरिएको छ ।

ADVERTISEMENT

ग्राहकहरूले ब्राण्ड रस आवरको विशेष अफरको पनि लाभ लिन सक्नेछन् । जुलाई ६ बेलुकी ८ बजेदेखि जुलाई ७ को बिहान २ बजेसम्म सञ्चालन हुने यस विशेष अवधिमा १०० भन्दा बढी ब्रान्डका उत्पादनमा ७५ प्रतिशतसम्म छुट उपलब्ध हुने जानकारी दिइएको छ ।

ग्राहकहरूको बचतलाई अझ बढाउन दराजले ईसेवासँग सहकार्य गरेको छ । ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकहरूले ब्राण्ड रस आवर अवधिमा १२ प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) छुट तथा नियमित किनमेल अवधिमा १० प्रतिशतसम्म (अधिकतम १,००० रुपैयाँ) छुट प्राप्त गर्नसक्नेछन् ।

जति धेरै किनमेल उति नै ठूलो उपहार जित्ने अवसर

अभियानलाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ दराज नेपालले सेल अवधिभर विभिन्न आकर्षक गिभअवेहरू आयोजना गर्ने भएको छ । मेगा गिभअवेअन्तर्गत तीनजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत जनही एक एक थान स्मार्टफोन जित्न सक्नेछन् । पुरस्कारहरूमा नथिङ फोन फोर ए, मोटोरोला मोटो जी९६ फाइभजी र एआई प्लस पल्स टू रहेका छन् ।

यसका साथै, ग्राहकहरूले फ्यानटेक, अल्टिमा र बोस्सिनीलगायतका ब्रान्डका उत्पादन समावेश गरिएका दैनिक गिभअवेमार्फत पनि आकर्षक पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । दराजमा उपलब्ध कुनै पनि भुक्तानीका माध्यम प्रयोग गरी न्यूनतम ५,००० रुपैयाँ बराबरको खरिद सफलतापूर्वक पूरा गर्ने ग्राहकहरू स्वतः मेगा गिभअवेको लकी ड्रमा सहभागी हुनेछन् ।

सेल अवधिभर कम्तीमा एकपटक सफलतापूर्वक किनमेल गर्ने प्रत्येक ग्राहक दैनिक गिभअवेका लागि योग्य हुनेछन् । दैनिक विजेताहरूको घोषणा सेल अवधिभर हरेक दिन दिउँसो ३ बजे दराज नेपालको टिकटक च्यानलमार्फत प्रत्यक्ष (लाइभ) गरिने जानकारी दिइएको छ ।

अविश्वसनीय छुट, विशेष डिजिटल भुक्तानी अफर, निःशुल्क डेलिभरी तथा आकर्षक पुरस्कारहरूसहित दराजको ७.७ महाबचत बजारले यस सिजनकै सबैभन्दा ठूलो र सबैभन्दा लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ ।

ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।