काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने १ हजार ८१३ चालक ट्राफिक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा ५ लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०५ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ११९ जना र तीव्र गतिमा सवारी चलाउने ११५ जनामाथि कारबाही गरिएको हो।

ADVERTISEMENT

यस्तै, लेन अनुशासन पालना नगर्ने १०२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडकपेटीमा पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ६५ जना तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ११० जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी चालकलाई नियमको पालना गर्न र सुरक्षित तथा व्यवस्थित यातायातका लागि सचेत रहन आग्रह गरेको छ।

ADVERTISEMENT