काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आयोजित समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले थापालाई शपथ गराएका हुन् । शपथपछि पोखरेलले थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
अयोगका अध्यक्ष थापाले शिक्षामन्त्री पोखरेलको उपस्थितिमा त्रिवि सेवा आयोगकी सदस्य प्रा.डा. रेजिना मास्केलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
साझा पार्टीबाट २०७४ मा काठमाडाैंकाे मेयरमा उठेका थापालाई बुधबार प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आयाेगकाे अध्यक्षा नियुक्त गरेका थिए ।






