काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बनार सामान्य घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले घटेर २६४९.५१ विन्दुमा झरेको छ । यो साता सेयर बजार पाँचै दिन घटेर बन्द भएको छ ।

आज १३ मध्ये पाँच उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ। होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। बिहीबार दुई अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५९ स्टकको ३९ हजार ५४६ पटकको कारोबारमा तीन अर्ब ९४ करोड ५८ लाख ४ हजार रुपैयाँबराबरको ७७ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६–८७ को ३३ करोड १६ लाख रुपैयाँभन्दा बढीको सो ऋणपत्र कारोबार भएको छ। ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४–८५ को साढे २८ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ । ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ को कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

शुक्रबार तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। टक्सार पिखुवा खोला र याम्बालिङ यसै साताको पहिलो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । स्नो रिभर्स आजदेखि कारोबारमा आएको कम्पनी हो।

ADVERTISEMENT