काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा गत बिहीबारदेखि साउथ एसिया ट्रेड फेयर (दक्षिण एसियाली व्यापार मेला) सञ्चालनमा रहेको छ ।

दक्षिण एसियाली राष्ट्रहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्ने, उत्पादन तथा सेवाको प्रवर्द्धन गर्ने र क्रेता–विक्रेताबीच सहकार्य बढाउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

मेलामा दक्षिण एसियाली मुलुकका उद्योग, व्यापार तथा सेवासम्बन्धी विभिन्न उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् । आयोजकका अनुसार मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकलाका वस्तु, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधिसम्बन्धी सामग्री तथा घरेलु उपकरणहरू प्रदर्शनमा छन् ।

ADVERTISEMENT

लामो समयदेखि सुस्त बनेको व्यापारिक वातावरण र लगानीसम्बन्धी अन्योलबीच निजी क्षेत्रलाई चलायमान बनाउन मेलाले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । मेलामार्फत व्यवसायीहरूले नयाँ बजारको सम्भावना खोज्नुका साथै अन्तरदेशीय व्यापार विस्तारका अवसरसमेत प्राप्त गर्ने विश्वास आयोजकको छ ।

ADVERTISEMENT

ADVERTISEMENT