काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठ पनि स्वतः पदमुक्त भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले कार्यकालको अन्तिममा श्रेष्ठलाई कोषमा नियुक्त गरेकी थिइन् ।

कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव श्रेष्ठलाई मन्त्रीसरहको सुविधा पाउनेगरी फागुन तेस्रो साता कोषको अध्यक्ष पदमा नियुक्त गरेकी थिइन् ।

ADVERTISEMENT

समाजकल्याण परिषद्को कानुनी सल्लाहकारसमेत रहेका श्रेष्ठ शनिबार जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ पछि पदमुक्त भएका हुन् । उक्त पदमा वन्यजन्तु र प्रकृति संरक्षणको क्षेत्रका काम गरेका व्यक्तिलाई मनोनयन गर्नुपर्ने थियो ।

ADVERTISEMENT

तर पूर्वप्रधानमन्त्री कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव श्रेष्ठलाई कार्यकालको अन्तमा नियुक्त गरेपछि चर्को विरोध भएको थियो ।

सर्वोच्च अदालतको सूचना प्रविधि (आइटी) महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदमा कार्यरत श्रेष्ठ भदौ २९ गते प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव नियुक्त भएका थिए। प्रधानमन्त्री कार्कीले आफ्नो शपथ ग्रहणपछि पदबहाली गरेलगत्तै श्रेष्ठलाई स्वकीय सचिव बनाएकी थिइन् ।

ADVERTISEMENT