काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतासम्बन्धी मुद्दामा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

कँडेलको नियुक्ति र योग्यतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले यस्तो आदेश दिएको हो। रिटमा कँडेलले महान्यायाधिवक्ता बन्न आवश्यक पर्ने कानुनी मापदण्ड पूरा नगरेको दाबी गरिएको छ।

ADVERTISEMENT

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको हो। साथै, मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ।

ADVERTISEMENT

अदालतको यो आदेशसँगै अब सरकार र सम्बन्धित पक्षले कँडेलको योग्यतासम्बन्धी स्पष्ट जवाफ पेश गर्नुपर्ने भएको छ। आगामी सुनुवाइमा प्रस्तुत हुने दलीलका आधारमा अदालतले अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नेछ।

यस मुद्दाले संवैधानिक पदमा नियुक्तिको मापदण्ड, प्रक्रिया र योग्यताबारे बहसलाई थप तीव्र बनाएको छ।

ADVERTISEMENT