काठमाडौं । विश्वप्रसिद्ध नृत्य प्रतियोगिता ‘वल्र्ड अफ डान्स’ को नेपाली संस्करण ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ को दोस्रो संस्करण औपचारिक रूपमा घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् निर्णायक मण्डल, पुरस्कार राशि तथा अडिसन तालिका सार्वजनिक गरिएको हो ।

सन् २००८ मा अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भई ५० भन्दा बढी देशमा विस्तार भइसकेको यस प्लेटफर्ममार्फत् नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्ुर्याउने उद्देश्य आयोजकले राखेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

कार्यक्रमको मुख्य आकर्षणका रूपमा बलिउडका चर्चित कोरियोग्राफर टेरेन्स लुइस ‘सेलिब्रेटी ग्रान्ड जज’ का रूपमा रहने घोषणा गरिएको छ । साथै निर्णायक मण्डलमा किरण थापा र जेडी तमु सहभागी हुनेछन् ।

कार्यक्रमका राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपालमै अन्तर्राष्ट्रियस्तरको मञ्च उपलब्ध गराउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । कलात्मक निर्देशक जेडी तमुले प्रतियोगितामा नेपाली मौलिक नृत्य र संस्कृतिलाई प्राथमिकता दिइने जानकारी दिए ।

ADVERTISEMENT

प्रतियोगितामा अपर, जुनियर, अपर टिम र जुनियर टिम गरी चार विधा रहनेछन् । प्रत्येक विधाका विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

अडिसन वैशाख १९ देखि नेपालगन्जबाट सुरु भई बुटवल, पोखरा, काठमाडौं हुँदै जेठ २ गते इटहरीमा सम्पन्न हुनेछ । सेमिफाइनल जेठ २१ र ग्रान्ड फिनाले जेठ २३ गते आयोजना हुने आयोजकले जनाएको छ ।