काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक गरिएको विवरणमा उनले आफ्नो बैंक बचत, सुनचाँदी तथा अचल सम्पत्तिको विवरण खुलाएका छन्।
सार्वजनिक विवरण अनुसार लम्सालसँग ९० लाख रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख छ। त्यस्तै, उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको जनाइएको छ।
अचल सम्पत्तितर्फ उनले परिवारका सदस्यको नाममा विभिन्न जिल्लामा जग्गा रहेको उल्लेख गरेका छन्। रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारी रहेको विवरणमा उल्लेख छ।







