काठमाडौं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन्।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १०२ र तीव्र गतिमा सवारी चलाउने ९३ जनालाई कारबाही गरिएको छ।

यसैगरी लेन अनुशासन पालना नगर्ने १७९ जना र सार्वजनिक यातायातका साधन असुरक्षित रूपमा सञ्चालन गर्ने ३८ चालक पनि कारबाहीमा परेका छन्।

ADVERTISEMENT

अनावश्यक रूपमा हर्न बजाउने ४६ जना, तोकिएको स्थानबाहेक यात्रु चढाउने र ओराल्ने २० जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९३ जनामाथि पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक कारबाहीबाट कुल ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन भई राज्यकोषमा दाखिला गरिएको जनाइएको छ।

ADVERTISEMENT