काठमाडौं । प्रतिनिधिसभामा संसदीय सुनुवाइ समिति गठन गरिएको छ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल ले संसदीय सुनुवाइ समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सभाले स्वीकृत गरेको हो।

समितिमा १२ जना सदस्य रहने व्यवस्था गरिएको छ। सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, लेखजंग कार्की र वर्षमान पुन रहेका छन्।

ADVERTISEMENT

समिति गठनसँगै संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।

ADVERTISEMENT