काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको बताइएको छ । देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ। सरकारले अन्य पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूमाथि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी विस्तृत अनुसन्धान अघि बढाएको छ।

ADVERTISEMENT

अदालतले पक्राउ अनुमति दिइसके पनि उनीहरु नेपालमा छैनन् । हङकङमा रहेका देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनीहरु नेपाल फर्कने सम्भावना क्षीण भएको छ ।

ADVERTISEMENT

जेनजी आन्दोलनका बेला देउवा दम्पतीमाथि सांघातिक आक्रमण भएको थियो । नेपालमा दुई महिना उपचार गरेपछि दुवैजना सिंगापुर गएर उपचार गरेका थिए । त्यसबेला उनी १८ दिनमै नेपाल फर्केका थिए । तर चुनावको तीन साताअघि देउवा सिंगापुर उडेका थिए । उनी अहिलेसम्म नेपाल फर्किएका छैनन् ।