काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुलाई आफ्नो नियमित खर्च धान्न मुस्किल पर्नै देखिएको छ । पछिल्लो समय कर्जा प्रवाहमा संकुचन आउँदा खुद व्याज आम्दानी समेत घट्दै गएको अवस्थामा नियमित खर्च भने बढ्दै गएकाले यस्तो खर्च धान्न मुस्किल पर्नै देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको सात महिनामा मात्र बैंक तथा फाईनान्स कम्पनीहरुले कर्मचारीहरुको तलव भत्ता एवं प्रशासनिक क्षेत्रको लागि मात्र कुल ६४ अर्ब ४३ करोड ७० लाख रुपैंयाँ खर्च गरेका छन् । जसमध्ये कर्मचारीहरुको तलव भत्ताको लागि ३९ अर्ब ८९ करोड ६० लाख र कार्यालय व्यवस्थापनको लागि २४ अर्ब ५४ करोड १० लाख रुपैंयाँ खर्च भएको छ । चालु आवको सात महिनाको अवधिमा कर्मचारीहरुको तलव भत्ता र कार्यालय व्यवस्थापको लागि भएको खर्च गत आवको सोही अवधिको तुलनामा दुई अर्ब ३६ करोड ९० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले कर्मचारीहरुको तलव भत्ताको लागि ३७ अर्ब ५३ करोड ५० लाख र कार्यालय व्यवस्थापनको लागि २४ अर्ब ५३ करोड ३० लाख रुपैंयाँ समेत गरी कुल ६२ अर्ब छ करोड ८० लाख रुपैंयाँ खर्च गरेका थिए ।
चालु आवको पछिल्लो सात महिनाको अवधिमा कर्मचारीहरुको तलव भत्ताको लागि तीन अर्ब ८९ करोड २० लाख र कार्यालय व्यवस्थापनको लागि दुई अर्ब ७५ करोड १० लाख रुपैंयाँ समेत गरी कुल छ अर्ब ६४ करोड ३० लाख रुपैंयाँ खर्च गरेका छन्
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो सात महिनाको अवधिमा बाँणिज्य बैंकहरुले मात्र कर्मचारीहरुको तलव भत्ताको लागि ३४ अर्ब ९९ करोड ९० लाख र कार्यालय व्यवस्थापनको लागि २१ अर्ब आठ करोड रुपैंयाँ समेत गरी कुल ५६ अर्ब सात करोड ९० लाख रुपैंयाँ खर्च गरेको देखिएको छ । यो खर्च गत आवको सोही अवधिको तुलनामा एक अर्ब ८३ करोड १० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहले कर्मचारीहरुको तलव भत्ताको लागि ३३ अर्ब तीन करोड ७० लाख र कार्यालय व्यवस्थापनको लागि २१ अर्ब २१ करोड १० लाख रुपैंयाँ समेत गरी कुल ५४ अर्ब २४ करोड ८० लाख रुपैंयाँ खर्च गरेका थिए ।
बिकास बैंकहरुले मात्र भने चालु आवको पछिल्लो सात महिनाको अवधिमा कर्मचारीहरुको तलव भत्ताको लागि तीन अर्ब ८९ करोड २० लाख र कार्यालय व्यवस्थापनको लागि दुई अर्ब ७५ करोड १० लाख रुपैंयाँ समेत गरी कुल छ अर्ब ६४ करोड ३० लाख रुपैंयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा ४१ करोड ३० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुले कर्मचारीहरुको तलव भत्ताको लागि तीन अर्ब ५७ करोड ८० लाख र कार्यालय व्यवस्थापनको लागि दुई अर्ब ६५ करोड २० लाख रुपैंयाँ समेत गरी कुल छ अर्ब २३ करोड रुपैंयाँ खर्च गरेका थिए ।
राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले मात्र पनि चालु आवको पछिल्लो सात महिनाको अवधिमा कर्मचारीहरुको तलव भत्ताको लागि एक अर्ब पाँच करोड र कार्यालय व्यवस्थापनको लागि ७१ करोड १० लाख रुपैंयाँ समेत गरी कुल एक अर्ब ७१ करोड ६० लाख रुपैंयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा १२ करोड ६० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले कर्मचारीहरुको तलव भत्ताको लागि ९२ करोड र कार्यालय व्यवस्थापनको लागि ६७ करोड रुपैंयाँ समेत गरी कुल एक अर्ब ५९ करोड रुपैंयाँ खर्च गरेका थिए ।
बैंक तथा फाईनान्स कम्पनीले गरेको खर्च (रकम रु १० लाखमा)






