काठमाडै । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा २४ महिनासम्मको एक्स्टेन्डेड इएमआई योजना, पक्का उपहार तथा आकर्षक छुटसहित स्मार्ट घर स्मार्ट अफर घोषणा गरेको छ।

अफरसँगै आफ्ना नयाँ टिभी र होम एप्लायन्सहरूका साथ वर्षको सुरुवात गर्न सकिनेछ । यो अफर अप्रिल १ देखि मे १४ सम्म लागू हुने सामसङले जनाएको छ।

विश्वकै नम्बर १ भिजन एआई टिभी र बेसपेक एआई होम अप्लाएन्सहरुमा आकर्षक अफरहरूका साथ आफ्नो जीवनशैलीलाई सजिलो र घरलाई अझ स्मार्ट बनाउन सकिनेछ ।

ADVERTISEMENT

यस क्याम्पेनअन्तर्गत सामसङले टिभीमा २५ प्रतिशत, वाशिंग मेशिनमा २३ प्रतिशत र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्मका छुट उपलब्ध गराएको छ। नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर मानिएको छ ।

ADVERTISEMENT

अफरलाई अझ आकर्षक बनाउन, छनोट गरेको टिभी मोडेल किन्दा ३ हजार बराबर १२ महिनासम्मको नेटटिभी प्याकेज निःशुल्क उपलब्ध छ। त्यसैगरी, चुनित वाशिंग मेशिन मोडेलको खरिदमा ६ केजी सर्फ एक्सल म्याटिक पक्का उपहारको रूपमा निस्शुल्क पाइन्छ।

ADVERTISEMENT

यसबाट नयाँ २४ महिना इएमआई योजनासँग सामसङका प्रिमियम टिभी र होम अप्लाएन्सहरु अझै बजेटमैत्री भएका छन्। ग्राहकहरूले ५० हजारभन्दा माथिका नयाँ होम अप्लायन्सहरू ४० प्रतिशत डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन्। यो नयाँ योजनाले १२ महिना इएमआईको तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँछ, जसले ग्राहकलाई बढी लचिलोपन दिन्छ।

हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित, सामसंग इन्स्टा फाईनेन्स सेवामार्फत ग्राहकहरूले १२ महिना इएमआई योजनामा शून्य ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन्। तर २४ महिना इएमआई विकल्पमा भने ७।९९ प्रतिशत अतिरिक्त ब्याज लागू हुन्छ।

साथै, नयाँ सामसंगटिभी र होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्केस्टेर मार्फत वा नेपालभरका अधिकृत सामसंगरिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्नेछन् ।