हेटौंडा। मकवानपुरमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।इन्द्रसरोवर गाउँपालिका–३ स्थित जातीपोखरी क्षेत्रमा ९ वर्षीया लमिना वाइबाको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार लमिना सोमबार अपराह्न घाँस काट्नका लागि चुत्रोघारीडाँडा जंगल गएकी थिइन् । साँझसम्म घर नफर्किएपछि परिवार र स्थानीयले खोजी सुरु गरेका थिए ।

ADVERTISEMENT

खोजीका क्रममा मंगलबार बिहान चुत्रोघारीडाँडाको फेदीमा उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार बालिकाको शव भीरबाट करिब ३ सय मिटर तल भेटिएको थियो ।

ADVERTISEMENT

प्रहरीका अनुसार चालु आर्थिक वर्षको चैत १० गतेसम्म मकवानपुर जिल्लामा मात्रै भीरबाट लडेर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।