काठमाडौं । इरानले स्ट्रिट अफ होर्मुज सधैका लागि बन्द गरिदिने धम्की दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व इन्धन बजारको सबैभन्दा महत्वपूर्ण जलमार्ग खोल्न दिएको ४८ घण्टे समयसीमा सकिँदै जाँदा इरानले चेतावनीयुक्त जवाफ फर्काएको हो।

यसअघि ट्रम्पले बाटो खोल्न इरानलाई ४८ घण्टाको समयसीमा दिएका थिए । यदि समय सकिनुअघि नै बाटो नखोले इरानका सबै ठूला उर्जा प्लान्टहरूको नामोनिशान मेटाइदिने चेतावनी दिएका थिए। इरानले त्यसको जवाफ फर्काउँदै ट्रम्पले भनेअनुसार नै अमेरिका अघि बढ्न खोजे उक्त जलमार्ग सधैका लागि बन्द गरिदिने चेतावनी दिएको हो।

ADVERTISEMENT

इरानको इस्लामिक रेभलुसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिका र इजरायलको आक्रमणबाट ध्वस्त भएका पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म स्ट्रिट अफ होर्मुज नखोल्ने बताएको छ। अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरानले उक्त सामुद्रिक बाटोमा निरन्तर अवरोध गर्दै आएको छ। विश्वको लगभग २० प्रतिशत इन्धन यही बाटोबाट ढुवानी हुन्छ।

ADVERTISEMENT

इरानले लगातार अवरोध गरेपछि अहिले विश्वबजारमा इन्धनको आपूर्ति खलबलिएको छ। इरानले यो बाटो अवरुद्ध गर्दै कैयौ तेल ट्यांकरबाहक पानीजहाजहरू बन्धक पनि बनाइराखेको छ। हरेक महिना लगभग तीन हजारभन्दा धेरै तेल बोकेका ट्यांकरबाहक पानीजहाज यही बाटो भएर आवतजावत गर्छन्।

विश्वबजारमा इन्धनको मूल्य एकाएक आकाशिएको छ। त्यसपछिका दिनमा कच्चा तेल प्रति ब्यारेल ११०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। यो वर्षमा सबैभन्दा धेरै करिब ७० प्रतिशतको वृद्धिदर हो। इरानले आफ्नो शत्रु राष्ट्रबाहेक अरु देशका तेलका ट्यांकर निर्वाध रूपमा आवतजावत गर्नसक्ने बताएको छ । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा अवरोध जारी राख्ने बताएका छन् ।

ADVERTISEMENT