काठमाडौँ। जेनजी आन्दोलनको क्रममा हयात होटल तोडफोड र प्राइड क्यासिनोमा लुटपाट तथा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।गत भदौ २४ गते बौद्धस्थित हयात होटल तोडफोड गरी क्यासिनोमा लुटपाट र आगजनी गर्ने घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–४ घर भई काठमाडौँ–६ बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा र तेमाल गाउँपालिका–८ घर भई काठमाडौँ–६ बौद्ध बस्ने राकेश लामा रहेका छन्।

प्रहरी प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, कुलध्वज लामाविरुद्ध पहिले नै सार्वजनिक अपराध र हत्या प्रयाससम्बन्धी पाँचवटा मुद्दा दर्ता रहेको थियो भने राकेश लामाविरुद्ध सार्वजनिक अपराध, अपहरण, शरीर बन्धक र अभद्र व्यवहारसम्बन्धी सातवटा मुद्दा दर्ता रहेको छ।

ADVERTISEMENT

पक्राउ परेका दुबैजनामाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ। प्रहरी वृत्त बौद्धको टोलीले घटनामा अन्य संलग्नता र थप विवरण पत्ता लगाउने प्रयास गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।

 

ADVERTISEMENT